सुनको मूल्य बढ्यो
वि.सं.२०८२ जेठ २१ बुधवार ११:२२
shares

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य वृद्धि हुँदै तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य बुधवार तोलामा २ हजार ७४ रुपैयाँ पुगेको छ ।यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो ।
































