२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाको प्रवत्ताको जिम्मेवारी सहायक रथी बस्नेतलाई

884
shares

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी राजाराम बस्नेतले पाएका छन्। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक रहेका बस्नेतलाई जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा प्रवक्तामा सरुवा गरिएको हो।

हालका सहायक रथी एवम् प्रवक्ता गौरवकुमार केसीको एक वर्षे कार्यकाल सम्पन्न भएसँगै बस्नेतलाई उनको स्थानमा सरुवा गरिएको हो।बस्नेतले बिहीबारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नेछन्। केसीले २०२४ अप्रिल १५ बाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।केसीले जंगी अड्डामा बिहीबार प्रवक्ताको जिम्मेवारी औपचारिक रुपमा बस्नेतलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।

यता केसीलाई भने पुर्वी पृतनाको जिम्मेवारी दिइएको छ। पृतनापति उपरथी हुने भएपनि केसी चाँडै बढुवा हुने लाइनमा छन्। उपरथीमा बढुवा भएसँगै केसी पूर्वी पृतना, इटहरीको पृतनापति हुनेछन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports