यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८२ असार ८ आइतवार ०७:५२
shares

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ।शनिबार भने कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य बढेको थियो।नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा छ। हिजो पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ २० र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा छ।त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा छ।त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०३ पैसा छ।त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रुपैयाँ ३६ पैसा छ।
आज बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ १३ पैसा छ।यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।































