तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी

702
shares

काठमाडौं। बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।‘उहाँविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ । हामी कानूनी प्रक्रिया अघि बढाउँदैछौं।’ पर्सा प्रहरीका एक अधिकृतले भने ।

उनीविरुद्ध आशा कुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् । २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको उल्लेख चौहानले दिएको उजुरीमा छ ।रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाा उल्लेख गरेर दिए पनि रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थियो ।बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएकी सांसद रायमाझीलाई सम्पर्क गर्न खोज्दा भने उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports