linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेटवार्ता गर्ने

1.08K
shares

बार्सिलोना । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेटवार्ता गर्ने भएका छन्। सन् २०१८ मा स्पेनमा नेपाली राजदूतावास स्थापना भएपछि प्रधानमन्त्रीस्तरीय भेटवार्ता हुन लागेको यो पहिलो अवसर हो।

संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा भाग लिन शनिबार आउन लागेका प्रधानमन्त्री ओलीले आउँदो सोमबार (जुन ३०) आफ्नो स्पेनी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो।

स्पेनस्थित नेपाली राजदूत शनिल नेपालका अनुसार दुई प्रधानमन्त्रीबीच सेभियामा आधा घण्टा लामो भेटवार्ता हुनेछ। ‘भेटमा पर्यटन, व्यापार र आर्थिक कूटनीतिका क्षेत्रहरूमा आपसी सहयोगका विषयमा छलफल हुनेछ। यसबाट दुबै देश लाभान्वित हुने अपेक्षा गरिएको छ,’ राजदूत नेपालले  भने।

नेपाल-स्पेन सम्बन्धमा यसअघि पनि केही ऐतिहासिक क्षणहरू रहिआएका छन्। सन् १९८३ मा स्व. राजा वीरेन्द्र र रानी ऐश्वर्यले स्पेनको राजकीय भ्रमण गरेका थिए। सो अवसरमा सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसको चार वर्षपछि, सन् १९८७ मा स्पेनका राजा खुआन कार्लोस र रानी सोफियाले नेपाल भ्रमण गरेका थिए। यस्तै, सन् १९८४ मा राजा वीरेन्द्रले स्पेनी जनता र सरकारलाई ‘हिमालयन रेड पाण्डा’को एक जोडी उपहार दिएका थिए, जसले दुई देशबीचको मित्रता झल्काउँथ्यो।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports