नेपालले पाकिस्तान र बङ्गलादेशका ए टिमसँग टी २० सिरिज खेल्ने
वि.सं.२०८२ असार १७ मंगलवार १९:१३
shares

काठमाडौं । नेपालले पाकिस्तान र बंगलादेशको ‘ए’ टीमसँग टी- २० सिरिज खेल्ने भएको छ ।
अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ (एनटी) ले सार्वजनिक गरेअनुसार पाकिस्तान र बंगलादेशले टप इन्ड टी- २० सिरिज खेल्ने पक्का भएको हो ।पाकिस्तान ‘ए’ टोलीले यसअघि सन् २०२३ र २०२४ को संस्करणको उक्त सिरिज खेलेको थियो । बंगलादेश ‘ए’ टीमले सन् २०२३ को संस्करण खेलेको थियो ।
यही अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुने उक्त सिरिज नेपालले पहिलो पटक खेल्न लागेको हो ।
































