तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका नेता तथा संविधानसभा सदस्य यादवको निधन

845
shares

रौतहट । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्ज स्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको छोरा सत्येन्द्र यादवले बताए।

यादव लामो समय देखि मधुमेह रोगबाट ग्रस्त रहेका थिए। उनी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसबाट निर्वाचित भएका थिए। स्वर्गीय यादव नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य समेत रहेका थिए ।उनको २ छोरा, २ छोरी र श्रीमती रहेकी छिन्। उनको आजै दिउँसो १ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

उनको निधनले नेपाली कांग्रेस बाराले एउटा अभिभावक गुमाएको तथा सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस बाराको सचिव राजेश रौनियारले बताए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports