नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संवैधानिक नियुक्ति असंवैधानिक भन्दै परेको रिट माथिको फैसला गर्न संवैधानिक इजलासलाई सकस

793
shares

काठमाडौं । ५ वर्षअघिको संवैधानिक नियुक्ति असंवैधानिक भन्दै परेको रिट माथिको फैसला गर्न संवैधानिक इजलासलाई सकस परेको छ । पटकपटक निर्णय सुनाउने मिति तोकेर पनि रोकिएको यो मुद्दामा न्यायाधीशहरुको राय बाझिएका कारण आज पनि फैसला ढिला भएको हो ।

सबै सुनुवाई सकेर पनि फैसला सारिएको यो मुद्दामा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत अल्पमतमा परेपछि निर्णय सुनाउन ढिलाई भएको बुझिएको छ । यसअघि पनि राउतकै कारण सारिएको थियो ।इजलासमा कानून व्यवसायी र सरोकारवाला फैसला सुन्न बसेका छन् भने संवैधानिक इजलासका न्यायाधीशहरु प्रधान न्यायाधीशको च्याम्बरमा छन् ।

प्रधान न्यायाधीशको च्याम्बसरमा ८ बजेर १० मिनेटमा दूध र बिस्कुट लगिएको कारण अझै लम्बिने आशंका गरिएको छ ।इजलासमा राउतका साथै न्यायाधीशहरु सपना प्रधान मल्ल,नहकुल सुवेदी,मनोज कुमार शर्मा र कुमार चुँडाल छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports