तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रीलङ्कालाई नेपालले ८ गोलले हरायो

806
shares

एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले फराकिलो अग्रता बनाएको छ।उज्वेकिस्तानमा खेलको दोस्रो हाफ जारी रहँदा नेपालले ८–० को अग्रता बनाएको हो।

पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा ४ गोल थपेको छ।पहिलो हाफको सातौँ मिनेटमा नेपालकी अनिता बस्नेतको कर्नरमा गिता रानाले हेडर गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्।पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो। डिफेन्डर समीक्षा घिमिरेको प्रहार श्रीलंकाकी गोलरक्षकले पन्च गर्दै जोगाएको बलमा अनिता बस्नेतको लो क्रसमा साम्बाले बललाई पोष्टको जाली चुमाएकी थिइन्।

खेलको ३० औँ मिनेटमा प्रिती राईको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। खेलको ३१ औँ मिनेटमा साम्बाको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा नेपालले अग्रता थप्ने मौका गुमायो।खेलको ४२ औँ मिनेटमा अनिता बस्नेतको क्रसमा साम्बाको गोलमा नेपालले ३–० को अग्रता बनायो। कप्तान साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ३–० को अग्रता बनाएको हो।खेलको ४५ औँ मिनेटमा श्रीलंकाले पाएको फ्रिकीक प्रहार क्रसबारको माथिबाट बाहिरियो।पहिलो हाफको इन्ज्युरी समयमा सविता राना मगरको क्रसमा साम्बाले हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यो सँगै नेपालले खेलमा ४–० को अग्रता बनाएको छ।

खेलको ५४ औँ मिनेटमा गिता रानाले पेनाल्टीमा गोल गर्दै नेपाललाई ५–० को फराकिलो अग्रता दिलाईन्। श्रीलंकाका डिफेन्डरले रश्मी कुमारी घिसिङलाई लडाएपछि रेफ्रिले पेनाल्टीको इसारा दिएकी थिइन्।खेलको ५९ औँ मिनेटमा सविता राना मगरको प्रहार श्रीलंकाकी किपरको हातमा पुग्दा नेपालले गोल थप्ने सुन्दर मौका गुमायो।खेलको ६२ ओँ मिनेटमा निशा थोकरको गोलमा नेपालले ६–० को फराकिलो अग्रता बनाएको छ। अनिताको कर्नरमा निसाले हेडर गोल गर्दै नेपालले अग्रता फराकिलो बनाएको हो।

खेलको ६७ औँ मिनेटमा साम्बाको फ्रिकीक प्रहार बारमा लाग्दै बाहिरिदा नेपालले अग्रता फराकिलो अग्रता बनाउने मौका गुमायो।७८ औँ मिनेटमा रेखाको हेडर गोलमा नेपालले ७–० को अग्रता बनायो। पुजा रानको पासमा रेखाले बललाई पोष्टको चुमाउँदै नेपाललाई फराकिलो अग्रता दिलाएकी थिइन्। खेलको ८९ मिनेटमा पूजा रानाले गोल गरेकी हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports