आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फाइनल खेलमा सिंगापुरसँग टस हार्यो, नेपालले पहिले बलिङ गर्दै

403
shares

काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलअन्तर्गत सिंगापुरविरुद्ध नेपालले टस हारेको छ ।

सिंगापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दै छ ।फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा अहिले विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको छ ।नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो ।

आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports