kumari
stcnepal

फाइनल खेलमा सिंगापुरसँग टस हार्यो, नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलअन्तर्गत सिंगापुरविरुद्ध नेपालले टस हारेको छ ।

सिंगापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दै छ ।फाइनल खेल मलेसियाको यूकेएम वाइएसडी ओभलमा अहिले विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपाल हालसम्म यस प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको छ ।नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिंगापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो ।

आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले अपराजित रहेर उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

footer