सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकामा एलन मस्कले घोषणा गरे नयाँ पार्टी, अमेरिकी राजनितामा तरंग

1.13K
shares

काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले शनिबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्वीटर)मा ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दलको सुरुवातको घोषणा गरेका छन् । यसले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ ।

मस्कले आफ्नो शक्ति प्रदर्शन गर्दै डेमोक्रेट र रिपब्लिकन दलहरूका लागि नयाँ चुनौती प्रस्तुत गर्न लागेका हुन् । मस्कले भनेका छन्– आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस् ।मस्कले यस सम्बन्धमा एक्समा सार्वजनिक सर्वेक्षण पनि गरे । मस्कले आफ्नो पोस्टमा भनेका छन्– ‘तपाईंहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ र अब तपाईंले त्यो पाउनुहुनेछ । अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार गर्ने कुरा आउँदा, अमेरिकाका दुवै दल (रिपब्लिकन र डेमोक्रेट) एउटै हुन् । अब देशले २ दलीय प्रणालीबाट मुक्ति पाउनेछ ।’

मस्कले ४ जुलाई अमेरिकाको स्वतन्त्रता दिवसमा एक्समा एउटा पोल पोस्ट गरे । यसमा उनले सोधे, ‘के तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिकालाई पार्टी बनाउनुपर्छ ?’ पोलको नतिजामा ६५.४ प्रतिशतले ‘हो’ र ३४.६ ले ‘होइन’ मतदान गरे ।मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ‘बिग ब्यूटीफुल बिल’लाई लिएर चर्को बहस भएको थियो । त्यसपछि मस्कले आफू ट्रम्प प्रशासनबाट बिदा भएको घोषणा गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports