२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ

1.01K
shares

काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ ।

जेठ मसान्तसम्म उक्त रकम बराबर विदेशी मुद्रा सञ्चिति पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकका अनुसार यो सञ्चिति १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । वस्तु आयात भने १७.६ प्रतिशत धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर कुल विदेशी मुद्रा सञ्चिति थियो । यो ११ महिनामा २५.९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब पुगेको हो ।अमेरिकी डलरमा असार मसान्तसम्म १५ अर्ब २७ करोड रहेकोमा अहिले १८ अर्ब ६५ करोड पुगेको छ । विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४२.१ प्रतिशत छ । कुल आयातको तुलनामा १२२.९ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा ३४.१ प्रतिशत छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports