२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरे

1.43K
shares

वासिङ्टन डिसी । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरेका छन् । वासिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँगको भेटमा इजरायली प्रधानमन्त्री नेतन्याहूले राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको बताए ।

‘जब हामी कुरा गरिरहेका हुन्छौँ, तब त्यो एउटा देश एकपछि अर्को गर्दै एक क्षेत्रमा शान्ति स्थापना गरिरहेको छ,’ बैठकमा पुरस्कार समितिलाई पठाइएको पत्र ट्रम्पलाई हस्तान्तरण गर्दै नेतान्याहूले भने ।यसअघि राष्ट्रपति ट्रम्पले वासिङ्टन डीसीमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई स्वागत गर्दै गाजामा युद्ध अन्त्य गर्न धेरै राम्रो वार्ता भइरहेको विश्वास गरेको बताएका थिए । हमास २१ महिना लामो द्वन्द्व अन्त्य गर्न तयार भएको ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए । ‘तिनीहरू भेट्न चाहन्छन् र उनीहरू युद्ध विराम चाहन्छन्,’ उनले भने ।

कतारमा इजरायल र हमासबीच अप्रत्यक्ष युद्ध विरामको लागि भएको वार्ता निष्कर्षहीन रहेपछि यो बैठक भएको हो । यद्यपि, यी वार्ताहरू यस हप्ता पनि जारी रहने अपेक्षा गरिएको छ ।सोमबार एक पत्रकारले ट्रम्पलाई गाजामा शान्ति सम्झौतामा के बाधा पुर्‍याइरहेको छ भनेर सोधेको थियो । यो प्रश्नको उत्तरमा उनले भनेका थिए, ‘मलाई लाग्दैन कि यसमा कुनै बाधा छ, सबै कुरा धेरै राम्रोसँग चलिरहेको छ ।’आफूले अमेरिकासँग मिलेर त्यस्ता देशहरू खोजिरहेको जसले प्यालेस्टिनीहरूलाई राम्रो भविष्य प्रदान गर्नेछन् भनेर नेतन्याहुले भनेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports