नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
वि.सं.२०८२ असार २४ मंगलवार १५:१९
shares

नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् ।आज बसेको प्रदेश सभा बैठकमै उनले बजेटमा बिचिया हाबी भएको बताउँदै प्रमाण आफूसँग रहेको दाबी गरिन् ।
उनले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको सोही क्रममा सदनलाई जानकारी समेत गराइन्।मधेशमा जनमतका सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन गरेको थियो।




































