प्रधानमन्त्रीले चिकित्सकसँग वार्ता गर्न दिए तीन मन्त्रीलाई जिम्मा
वि.सं.२०८२ असार २४ मंगलवार १७:०१
shares

काठमाडौँ । आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री प्रदीप पौडेल सहित उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसियालाई जिम्मेवारी दिएका छन् ।आफूहरूलाई आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गरेर समस्याको समाधान गर्ने कार्यादेश दिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजै चिकित्सकहरूसँग वार्ता गरेर सहमतिको प्रयास हुनेछ ।
जसअनुसार केही बेरअघि चिकित्सकहरूसँग अनौपचारिक छलफल समेत भएको छ। उपभोक्ता अदालतले गरेको फैसलाको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका हुन् ।


































