प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढ्यो ।
वि.सं.२०७८ माघ ११ मंगलवार ११:१६
shares

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ९९.८६ अंक बढेर २८२०.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.१० अंक बढेर २८२७.७५ विन्दुमा पुगेको छ। साे सेसनमा सेन्सेटिभ इण्डेक्स २.२१ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा १६ कम्पनीको २५ लाख ९२ हजार ८७९ रुपैयाँ ९९ पैसा बराबरको ७ हजार १३३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।






































