विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महेश बस्नेतको पार्टीको नेतृत्व फेरि पनि केपी शर्मा ओलीले नै लिनुपर्ने प्रस्ताव

715
shares

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको नेतृत्व फेरि पनि केपी शर्मा ओलीले नै लिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

शनिबार पार्टी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय केन्द्रीय कमिटीबाटै निर्णय हुनुपर्ने बताउँदै उनले यस्तो प्रस्ताव अघि सारेको सञ्जालमार्फत जानकारी गराएका छन् ।‘एमालेभित्र नेतृत्वको र पार्टिको पक्षमा उभिँदा असक्षम बनाउने र खुइलाउने रोग बढेको छ । जतिसुकै असक्षमको ट्याग लागेपनि परिभाषित काममा आफ्नो क्षमता प्रदर्शन गरौंला,’ बस्नेतको प्रस्ताव छ, ‘हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताव गर्दछु ।’

भण्डारीको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत के हुने ? भन्ने विषयमा पनि गम्भीर हुनुपर्ने उनले बताए ।‘उहाँको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत के हुन्छ ? नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन यती गम्भिर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्छ,’ उनले बैठकमा भनेका छन् ।राष्ट्रपतिको गरिमा र जिम्मेवारी सक्रिय राजनीतिमा फर्कने क्रममा प्रक्रियागत गल्ती हुन नहुने बस्नेतको भनाइ छ ।‘सक्रिय पार्टी पंक्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ति गर्नुहुन्न । जुन कुरा लोकतन्त्र र अन्तरिक जनवाद दुवैसँग मेल खाँदैन । पार्टीको पदीय दायीत्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ,’ बस्नेतले भनेका छन् ।

त्यस्तै, ७० वर्षे उमेरको मापदण्ड र २ वर्षे कार्यकालको सीमाबारे टिप्पणी गर्दै विधान छापेर पार्टी र नेतालाई जालझेल र षड्यन्त्रको आरोप नलाउन आग्रह गरेका छन् ।‘क्षमता र योग्यताका आधारमा नेता छान्ने संस्कृति बनाऔं । अब हटाउने प्रस्ताव सचिवालयले ल्याएको छ पास गरौं,’ उनले भनेका छन् ।भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द उनले बैठकमा आग्रह गरेको बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports