विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको पार्टीको सिद्धान्त विपरीत लेख्न र बोल्न नेता/कार्यकर्तालाई बन्देज

793
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको सिद्धान्त विपरीत लेख्न र बोल्न नेता/कार्यकर्तालाई बन्देज लगाएको छ ।

पार्टीको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्दा र मिडियामा बोल्दा ख्याल गर्न सुझाएका छन् ।श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हित विपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा लिखित वा मौखिक रुपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नु नगराउनु हुन पार्टीका सबै तहका नेता कार्यकर्तालाई अनुरोध गरिएको छ ।’

राप्रपाका कतिपय नेताहरूले वक्तव्य नै निकालेर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गरेका छन् । पार्टीले गरेको अनुशासनको कारबाही लगायतका कतिपयले विरोध जनाउँदै आएका छन् । यही बेला राप्रपाले नेता/कार्यकर्तालाई पार्टी सिद्धान्त विपरित लेख्न र बोल्न बन्देज लगाएको हो । राप्रपाको अनुशासन समितिले पनि पार्टी सिद्धान्त विपरीत नबोल्न निर्देशन दिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार मात्रै मुकुन्दश्याम गरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेका थिए । आफ्नो विरुद्ध वक्तव्य जारी गरेपछि उनले गिरीलाई पदमुक्त गरेका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports