तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिजो नेपाली काँग्रेसमा प्रवेश, आजै निष्कासित

598
shares

काठमाडौं । हिजोमात्रै सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका देवेन्द्र यादवलाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ ।

फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै कांग्रेसको आलोचना भएको थियो ।लगत्तै, आज मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीबाट निष्कासन गरिएको जानकारी गराएका छन् ।

यादव सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त हुन् ।जारी विज्ञप्तिमा भनिएको छ, ‘केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो । तर बुझ्दै गर्दा निज व्यक्ति उपर फौजदारी कानुनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports