तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारीमा हेरफेर, को कहाँ ?

780
shares

काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी फेरबदल गरिएको छ ।

यस अनुसार सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन् । यसअघि भन्सार विभाग महानिर्देशक रहेका महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखका रूपमा सरुवा भएका छन् ।त्यस्तै श्यामप्रसाद भण्डारीलाई भन्सार विभाग महानिर्देशकको जिम्मेवारी दिइएको छ । टंकप्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख बनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय प्रमुखमा टंकनाथ लम्साललाई खटाइएको छ । भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ ।यसैगरी दीपक लामिछानेलाई उपमहालेखा नियन्त्रकको जिम्मेवारीमा खटाइएको छ । रमेश अर्याल आन्तरिक राजस्व विभाग उपमहानिर्देशक बनेका छन् । जनकराज शर्मालाई समेत उपमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

दीलिपकुमार गौतम ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् । पदमकुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक बनाइएको छ । वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली बनेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports