सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजता विरुद्ध केही गर्न सक्दैन : प्रचण्ड

845
shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न नसक्ने बताएका छन् ।

भ्रष्ट र दलालहरूले कांग्रेस–एमाले गठबन्धन बनाएको आरोप लगाउँदै उनले वर्तमान सरकारले भ्रष्टाचार, बेथिति र अराकजताविरुद्ध केही पनि गर्न नसक्ने बताएका हुन् ।दलाल, बिचौलियाहरूले आफू अनुकूल काम गराउन वर्तमान सरकार बनाइएको अध्यक्ष प्रचण्डको जिकिर थियो ।‘सत्तारुढ कांग्रेस–एमाले गठबन्धन नेताहरुले बनाएको होइन । मलाई कण्ठ थाहा छ–त्यो बिचौलिया, दलालहरूले उनीहरूको घरमा, उनीहरूको होटलमा लगेर उनीहरूको इच्छा अनुसार बनेको सरकार भयो यो । त्यसकारण यो सरकारले भ्रष्टाचारविरुद्ध केही पनि गर्न सक्दैन । यो सरकारले बेथिति र अराजकताका विरुद्ध केही पनि गर्न सक्दैन,’ प्रचण्डले भनेका छन् ।

बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार भ्रष्टहरूले बनाएकाले मुलुकमा राम्रो काम गर्ने उपसभामुख इन्दिरा राना, कुलमान घिसिङहरूलाई सरकारले हटाउने काम गरिरहेको दाबी गरे ।आफूले भ्रष्टाचारको विरुद्ध अभियान चलाउँदा सरकारबाट हट्नुपरेको पनि दोहोर्‍याए ।‘राम्रो काम गर्न खाज्यो हटाउ भन्छ सरकार । राम्रो काम गर्न खोज्यो कुलमान हटाउने । कान्छा राम हटाउने । अलि राम्रो इन्दिरा राना हटाउ । हेर्नुस् त छानीछानी जनजाति हटाउने । छानीछानी राम्रो काम गर्ने मान्छे हटाउने,’ प्रचण्डले भने, ‘अनि आफूलाई फाईदा हुनेगरी बिचौलिया र दलालले भनेजस्ता मान्छे भर्ती गर्ने । यही त अहिले भईराखेको छ ।

त्यसो भएको हुनाले म तपाईहरुलाई के भन्न चाहन्छु भने यो परिस्थिति हामीले बदल्नु पर्नेछ । अरुले होइन ।’ अध्यक्ष दाहालले मुलुकलाई सही बाटोमा अघि बढाउन प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको समेत बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports