सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले लगाए दर्ज्यानी चिह्न

559
shares

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिह्न लगाएका छन् । १३ भदौमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई १९ भदौदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

खापुङलाई आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाइदिए ।निवर्तमान प्रहरी महानिरीक्षक दिपक थापाले भदौ १८ गते राति १२ बजेदेखि अवकाश पाएपछि खापुङले आजबाट नेपाल प्रहरीको कमाण्ड सम्हालेका छन् । दर्ज्यानी चिह्न लगाएपछि उनले आजै प्रहरी प्रधान कार्यालय नक्शाल पुगेर पदभार ग्रहण गर्ने छन् ।

उनको पालामा पनि नयाँ प्रहरी ऐन जारी भए उनको सेवाअवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ । नभए उनी पनि ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports