सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको सरकार विरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय

1.16K
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ । वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘सरकारले जनताका मागहरू सम्बोधन गरेको पनि छैन । सुशासनको मामला कमजोर भएको छ, भ्रष्टाचार झन्झन् बढेको छ । यस परिस्थितिमा अहिले वर्षा पनि छ र चाडबाड पनि चाँडै आउँदैछ । अब सडक संघर्षको तयारी गर्नुपर्छ ।’

उनले थपे, ‘सडक संघर्ष गर्दाखेरि हामीले तात्कालीन कार्यनीतिक सवालहरुलाई पनि उठाएर लैजाने, रणनीतिक विषयहरूलाई पनि उठाएर लैजाने । अर्थात संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरूपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा अब जनमत सिर्जना गर्दै जाने र भोलि हुने संघर्षमा त्यसलाई जोड्ने ।’

प्रवक्ता सापकोटाका अनुसार बैठकले मध्यपहाडी लोकमार्गमा २१ भदौदेखि पार्टीको अभियान पुन: सुरु गर्ने निर्णय समेत गरेको छ ।पार्टीको अनुशासन, गुट-उपगुट अन्त्य गर्ने लगायतका विषयमा पनि छलफल भएको तर निर्णय नभएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports