२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डको जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग माग

910
shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग माग गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले जेनजीको माग पुरा गर्न उनले आग्रह गरेका हुन् ।

यस्तै सोमबार नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेकोमा पनि आपत्ति जनाएका छन् । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएको विषयमा वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन् । ‘जेनजी युवाहरूले उठाएका माग जायज छ । उनीहरूको माग तत्काल पुरा गर्न म सरकारसँग आग्रह गर्दछु ।

साथै प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरी ७०–८० जना घाइते भएको खबर आएको छ । प्रदर्शनमा एक जनाको मृत्यु पनि भएको आएको छ । यसको वास्तविकता सार्वजनिक गर्न माग गर्दछु । साथै उनले घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न म आग्रह गर्छु’,  उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports