सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पर्यटनमन्त्री धमाधम क्यासिनोको लाइसेन्स बाँड्दै

572
shares

पर्यटन मन्त्रालय प्रेम आलेले सम्हाल्नु अघि इजाजतपत्र प्राप्त गरेका क्यासिनोको संख्या १७ थियो, अहिले २२ भई सकेको छ । चालु आर्थिक वर्षमा जारी भएका ६ मध्ये ५ वटा क्यसिनोले आले मन्त्री भएपछि नै लाइसेन्स पाएका हुन् । उनि २२ असोजमा पर्यटनमन्त्री नियुक्त भएका थिए । त्यसपछि उनले लगातार लाइसेन्स जारी गरिहरेका छन् । सहजै धमाधम लाइसेन्स पाइन थालेपछि क्यासिनोको लाइसेन्स लिने दाउमा रहेकाहरुको चलखेल बढेको छ । केही हप्ताभित्रै अन्य केही क्यासिनोले पनि लाइसेन्स पाउने मन्त्रालय स्रोतको दावी छ ।

क्यासिनो नियमावली २०७० अनुसार क्यासिनोको इजाजतपत्र र यससम्बन्धी नीतिगत व्यवस्था मन्त्रालयबाट जारी हुन्छ । लाइसेन्सका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने तय गरिएको छ । तोकिएको क्षेत्रका होटलका सञ्चालकको सहमतिमा क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले पूर्वस्वीकृति लिने प्रक्रिया पूरा गर्नुपर्छ ।

नियमावलीअनुसार मन्त्रालयले विज्ञ समिति बनाएर प्रस्तावित क्यासिनोको स्थलगत अध्यनसहित राय दिनुपर्छ । समितिले राय दिएको २१ दिनभित्र क्यासिनो सञ्चालनको सम्बन्धमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, मन्त्री आलेले गुपचुप रुपमा प्रक्रिया टुंग्याएर लाइसेन्स दिइरहेको मन्त्रालय स्रोतको दाबी छ ।

मन्त्री आलेले २ कात्तिक २०७८ मा झापा मेचीनगरको होटल मेची क्राउनमा भेगास रिक्रियसनलाई लाइसेन्स दिएका छन् जसमा गुण्डा नाइके बलराम सापकोटा ‘बले’ को लगानी रहेको छ । १९ असोज, २०७७ मा सम्पत्ति शुद्धीकरण विभागले सापकोटा र उनकी श्रीमती विरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो जुन अझै विशेष अदालतमा विचाराधीन छ ।काभ्रेको रोशी-४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेसँग पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको स्रोत नखुलेको शेयर लगानी भेटीएको दाबी गर्दै विभागले जफतको लागि आदालतमा माग दाबी पेश गरेको छ । तर मुद्दा टुंगो नलाग्दैै बलेको लगानीमा रहेको क्यासिनोलाई मन्त्री आलेले इजाजतपत्र दिएका हुन् ।

मन्त्री आलेले नेपालगञ्जमा रहेका ४ वटा होटलमा क्यासिनो खोल्न अनुमति दिएका छन् । गत ९ कात्तिकमा मन्त्रालयले नेपालगञ्जको होटल स्नेहामा क्यासिनो बेल्लिज इन्टरटेनमेन्टलाई लाइसेन्स दिएको छ ।क्यासिनो नियमावली अनुसार प्रस्तावित क्यासिनोको नाम पहिले नै स्थापना भई कायम रहेको क्यासिनोको नामसँग मिल्ने भएमा लाइसेन्स दिन सकिँदैन । तर काठमाडौंको होटल मल्लमा सञ्चालनमा रहेको बेल्लिजकै नामसँग मिल्ने गरी क्यासिनोको नेपालगञ्जमा लाइसेन्स जारी भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउबाले पर्यटन मन्त्रालय सम्हालेको बेला असोज १६ गते मन्त्रालयबाट भैरहवाको नान्स होटल ‘सिद्धार्थ गेमिङ जोन’ नाममा लाइसेन्स जारी भएको थियो ।

मन्त्रालयले काठमाडौंको होटेल अलफ्टमा पनि ‘वाल्ड इन्टरटेनमेन्ट’ नामको क्यासिनो सञ्चालनको अनुमति दिन तयारी गरेको छ । जथाभवी इजाजतपत्र बाँड्न थालेपछि भविष्यमा रोयल्टी नउठ्ने समस्या झन बढ्ने विभागका अधिकारीहरुको चिन्ता छ ।अहिले ७ वटा क्यासिनोले रोयल्टी बक्यौता नतिरेपनि सर्वोच्च अदालतको अन्तिरिम आदेश देखाएर चलिरहेका छन् । २ वटा क्यासिनो बन्द भइसकेका छन् ।

पर्यटक विभागका प्रवक्ता मोहनबहादुर जिसी क्यासिनोको अनुमतिपत्रका सम्बन्धमा मन्त्रालय स्तरबाट निणर्ययहरु हुने गरेको बताउँछन् । उनका अनुसार मन्त्रालयले निर्णय भएको जानकारी विभागमा पठाउँछ । मन्त्रालयले भने क्यासिनोसम्बद्ध सबै निर्णयहरु कानुन, विधि, प्रक्रिया र औचित्यअनुसार नै हुने गरेको दावी गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports