२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले देउवा दम्पती माथि भएको आक्रमणको भर्त्सना गर्‍यो

1.12K
shares

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।

सो पार्टीले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा देउवाबारे एक शब्दपनि नबोलेकामा आइतबार भने अर्को विज्ञप्ति जारी गरेर आक्रमणको भर्त्सना गरेको हो।

‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा आरजु राणा देउवा माथिको अमानवीय र वर्वरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ ।

उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, उपसभापति पूर्ण बहादुर खड्काले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।यसैगरी पार्टीका अग्रजहरू, नेताहरू तथा अन्य राजनीतिक दलका नेताहरू माथि भएको भौतिक आक्रमण निन्दनीय र भर्त्सना योग्य रहेको पनि उल्लेख गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports