२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालुवाटारमा विरोध प्रदर्शन गर्दै सुदन गुरूङ समूहले माग्यो प्रधानमन्त्री कार्कीको राजिनामा

1.5K
shares

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै जेनजी अगुवा भनिएका सुदन गुरुङको समूहले गएराति प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) अगाडि नाराबाजी गरेको छ।

मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरूले आइतबार मध्यराति बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्। त्यस क्रममा गुरुङले ओमप्रकाश अर्याललाई मन्त्री बनाइएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका थिए। फेरि आन्दोलन हुन सक्ने चेतावनी दिएका थिए। प्रदर्शनकारीले भनेका छन्, ‘हामी फेरि सडकमा आयौँ भने कसैले रोक्न सक्दैन।’

उनीहरूले मुर्दामाथि राजनीति नगर नारा लगाएका थिए। एक प्रदर्शनकारी भन्दै थिए, ‘यो आन्दोलनको नेतृत्वर्कता हामी हौँ, हाइज्याक गरेका छन्- कुनै कुनै साथीहरूले।’ पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय- भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्।

उनले यी नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेकी छन्। उनीहरूको शपथ आज गराउने तयारी रहेको सोमबार हुने शीतल निवास स्रोतले जानकारी दिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports