अहिले अब विवाद गरेर पछि फर्किने होइन, विवाद हटाएर अघि बढ्ने हो : नवनियुक्त गृहमन्त्री अर्याल
वि.सं.२०८२ भदौ ३० सोमवार १४:०८
shares

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले क्षति भए पनि आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेकोले अब विवाद अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
मन्त्रीको पदभार ग्रहण गरे लगत्तै सोमबार गृहमन्त्रालयमा उनले सञ्चारकर्मीहरुसँग अब विवाद गरेर पछि फर्किन नहुने धारणा राखे ।‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ मन्त्री अर्यालले भने,’क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ। अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचन बाट थप प्रमाणिकरण गर्न लाग्नुपर्छ ।’
उनले अहिले मुलुकलाई दीर्घकालीन रुपमा सहि बाटोमा लैजानुपर्ने बताए ।उनले अहिले सरकारको मुख्य प्राथिमिकता राज्यका तीनवटै अंगका संरचनाहरु नभएकाले राज्य भन्न लायक गरी ती संरचना बनाउनमा हुने बताए ।





































