सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको केन्द्रीय कार्यालय सहित देशभरमा कति क्षति भयो जेन जी आन्दोलनमा ?

897
shares

काठमाडौं । नेकपा (एमाले)ले आन्दोलनका नाममा आफ्ना पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गरेको छ ।

एमाले केन्द्रीय कार्यालयको बुधबार च्यासलमा बसेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिँदै देशभरका पार्टी कार्यालय र निजी सम्पत्तिमा ठूलो क्षति पुगेको बताए ।उनका अनुसार प्रारम्भिक विवरणले केन्द्रीय कार्यालयसहित ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको देखाएको छ ।

यस्तै, १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका छन् । हाल अधिकांश कार्यालयमा सरसफाइ र मर्मतको काम सुरु भइसकेको छ ।महासचिव पोखरेलले पार्टी कार्यकर्ताहरू स्वयम्सेवी भावनाका साथ क्षति भएको संरचना पुनःस्थापना गर्ने अभियानमा जुटेको बताए । उनले राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्दै गरेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports