सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल टेलिकमको नेटवर्कमा १० घण्टा देखि समस्या

858
shares

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या देखिएको छ । टेलिकमको ‘ओसीएस मोड्युल’मा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार सुरुमा भ्वाइस र डाटा दुवैमा समस्या देखिएकोमा अहिले भ्वाइसमा देखिएको समस्या समाधान भएको छ । डाटामा भने अझै समस्या बाँकी नै रहेको उनको भनाइ छ ।

अहिलेसम्म पनि उक्त समस्या पत्ता लगाउने क्रममै रहेकोले समाधानका लागि केही समय लाग्नसक्ने उनको भनाइ छ । ‘भ्वाइसको समस्या पिनप्वाइन्ट भयो, यो समाधान भइसकेको छ । डाटा अझै डिस्टर्ब, प्राविधिक साथीहरु यसमा दिलगिरहनुभएको छ, छिटै समस्या समाधान होला,’ उनले भने । ओसिएस मोड्युल भनेको बिलिङ गर्ने सिस्टम हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports