सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आगामी फागुन २१ गतेको चुनावको तयारीका विषयलाई लिएर निर्वाचन आयोग राजनीतिक दलहरूसँग संवादको तयारीमा

624
shares

काठमाडौं । आगामी फागुन २१ गतेको चुनावको तयारीका विषयलाई लिएर निर्वाचन आयोग राजनीतिक दलहरूसँग संवादको तयारीमा छ ।

आयोगका अधिकारीहरू निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र त्यसपछि राजनीतिक दलका प्रतिनिधिहरूसँग संवाद गर्ने तयारीका सम्बन्धमा छलफल चलिरहेको बताउँछन् ।राजनीतिक दलहरूसँग निर्वाचन आचारसंहिता, प्रचलित ऐनको पालना, उम्मेदवार छनोटसम्बन्धी कानुन कार्यान्वयन लगायतका विषयमा आयोगले स्मरण गराउने र राजनीतिक दलहरूले व्यवहारिक विषय राख्ने अभ्यास विगतमा पनि रहेको र त्यसलाई निरन्तरता दिन खोजिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावली संकलनका लागि भोलि शुक्रबारदेखि कात्तिक महिनाभर समय उपलब्ध गराउने र त्यसपछि मतदाता नामावली सार्वजनिक गर्ने तयारी छ । यसबीचमा राजनीतिक दलसँग समेत संवाद हुने घिमिरेले जानकारी दिए । विषयका आधारमा राजनीतिक दलहरूसँग संवाद हुने पनि उनले बताए ।राष्ट्रिय सभाको निर्वाचनको विषयमा समेत आयोगले राजनीतिक दलहरूको राय लिन खोजेको छ । आयोग आगामी माघमै राष्ट्रिय सभाको निर्वाचन हुने विश्वासमा रहेको एक आयुक्तले बताए ।

‘राष्ट्रिय सभाको निर्वाचन समयमै गर्नुपर्ला । यसका लागि आयोगलाई कुनै अप्ठ्यारो हुँदैन । सात प्रदेशमा सात निर्वाचन अधिकृत तोक्ने हो, मतदाता फिक्सड नै छन् । निलम्बनमा परेका र मृत्यु भएकालाई घटाउने काम हो’, ती आयुक्त भन्छन, ‘सरकार र दलहरूको धारणा अन्यथा आउँदैन होला ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports