वडाध्यक्षलाई सफाई , कर्मचारी माथि अख्तियारद्वारा मुद्दा दायर
वि.सं.२०७८ माघ १४ शुक्रवार १५:४७
shares

नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट ५३ लाख रुपैयाँ गायब पारिएको घटनामा वडा अध्यक्ष ध्रुवप्रसाद मिश्रले उन्मुक्ति पाएका छन् भने वडा सचिव र अन्य दुई कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । सो घटनामा वडाध्यक्ष मिश्रमाथि पनि निष्पक्ष छानबिनको माग हुँदै आएको थियो ।
आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा ५३ लाख एक हजार आठ सय ५६ रुपैयाँ बिगो कायम गरी उक्त रकम तीनै जनाबाट असुल उपर गराउन तथा कानुन अनुसार थप सजाय माग गरिएको छ ।






































