सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेयर धितो कर्जामा २५ करोडको सीमा हट्यो

741
shares

काठमाडौं । शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाइएको छ ।

नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी २५ करोडको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको हो ।शेयर लगानीकर्ताहरूले लामो समयदेखि सीमा हटाउन माग गर्दै आएका थिए । पुँजी बजार सुधारका लागि बनेको कार्यदलले पनि यो सीमा हटाउन सुझाव दिएको थियो । जस अनुसार राष्ट्र बैङ्कले शेयर धितो कर्जाको सीमा हटाएको हो ।

यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड रुपैयाँ कायम थियो ।यस्तो कर्जा प्रवाह गर्ने बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह नवीकरण गर्नु पर्ने व्यवस्था थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports