एमालेको सचिवालय बैठक आज बस्दै
वि.सं.२०८२ असोज २४ शुक्रवार ०८:४१
shares

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।
आइतबारका लागि तय गरिएको पार्टीको ५८औं सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबान भएकाले बैठक आजका लागि सारिएको थियो ।एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ ।
एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको छ ।






































