२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन विश्वविद्यालयको दुई हजार बढी रोपनी जग्गामा निजी देखि धार्मिक सम्मका १८ वटा संघ संस्थाको रजाइँ

1.26K
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको दुई हजार बढी रोपनी जग्गामा निजीदेखि धार्मिक सम्मका १८ वटा संघ संस्थाको रजाइँ रहेको पाइएको छ ।

त्रिविको जग्गा तथा अचल सम्पत्ति छानबिन समितिको प्रतिवेदनमा १८ वटा संघसंस्थाको रजाइँ रहेको उल्लेख गरिएको छ ।‘पदाधिकारी र कर्मचारीको मिलेमतोमा त्रिविको २ हजारभन्दा बढी रोपनी जग्गामा निजीदेखि धार्मिकसम्म गरी १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहेको जमिन अपचलन शृङ्खलामा शैक्षिक माफियाको दादागिरी चलेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

त्रिविको स्वामित्वमा रहेको कीर्तिपुर स्थित झन्डै १ हजार ५ सय रोपनी जमिन भोगचलनका हिसावले विभिन्न संस्थाको मातहतमा गइसकेको प्रतिवेदनमा उल्लेख छ । ‘तीन हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा त्रिविसँग भए पनि मुस्किलले २ हजार ५ सय रोपनी जमिन त्रिविले भोगचलन गरेको छ भन्ने जस्ता समाचारहरू विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको,’ प्रतिवेदनमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports