२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्ना कुरा नसकिएपछि तीन मिनेटमा सँगै लिखित पनि बुझाउँदै एमाले नेताहरू

1.09K
shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक हिजो (बुधबार) देखि जारी छ । ललितपुरको एक होटलमा जारी बैठकमा अहिले नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सदस्यहरूलाई ३ मिनेटको समय छुट्याइएको छ ।विगतमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरी धारणा राख्ने दिने गरिए पनि यसपटक समूह विभाजन गरिएको छैन । यसैबीच आफ्ना कुराहरू तीन मिनेटमा नसकिने भन्दै नेताहरूले लिखित पनि बुझाइरहेका छन् ।

‘धेरैजसो नेताहरूले आफ्ना कुरा तोकिएको समयमा नसकिएपछि लिखित पनि बुझाउनुभएको छ,’ बैठक स्रोतले भन्यो । उद्घाटन समारोहमा अध्यक्ष ओलीको सम्बोधनपछि राजनीतिक प्रतिवेदन पेस भएको थियो ।केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि अध्यक्ष ओलीले जवाफ दिनेछन् ।

अध्यक्ष ओलीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा एघारौं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।यसबारे पनि केन्द्रीय कमिटीले निर्णय लिनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports