नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से २४८७ अंकमा

1.07K
shares

काठमाडौं । बिहीबार सेयर बजार १८.४० अंक घटेको छ । सो घटाइसँगै नेप्से २४८७ अंकमा झरेको छ ।

बजार बन्द हुँदाको आजको अंक गत वर्षको असोज १३ यताकै न्यून हो । केही दिनयता बजार निरन्तर ओरालो लागेको छ । आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ९ को स्थिर रह्यो ।कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब २७ करोडको भयो । बैंकिङ ०.०२ प्रतिशत बढेको छ भने अरु समूहगत सूचक घटेका छन् ।

विकास बैंक १.१५, फाइनान्स १.२८, हाइड्रोपावर १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.७३, निर्जीवन बीमा ०.५३, अन्य २.२१ र व्यापार ०.३९ प्रतिशत घटे ।हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ९.९३ प्रतिशत बढ्यो । कालिका लघुवित्तको ५.६९, इनिफिनिटी लघुवित्तको ३.८९, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ३.७९ प्रतिशत बढ्यो ।

त्यस्तै समाज लघुवित्तको १०, युनिक नेपाल लघुवित्तको ७.३३, समता घरेलु लघुवित्तको ६.२५, अपर स्याङ्गेको ४.८७ तथा नेपाल पुनर्बीमाको ४.२१ प्रतिशत मूल्य घट्यो ।आज धेरै कारोबार भएका कम्पनीमा मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports