अमेरिकी राष्ट्रपति ट्रम्पले प्यालेस्टिनी लडाकु समूह हमासलाई चेतावनी दिए
वि.सं.२०८२ असोज ३१ शुक्रवार ११:४८
shares

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी लडाकु समूह ‘हमास’लाई चेतावनी दिएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’ मा लेखेका छन्, ‘यदि सम्झौता विपरीत गएर हमासले गाजामा मानिसको हत्या जारी राख्छ भने हामीसँग उसलाई समाप्त गर्नु बाहेक अरू कुनै विकल्प रहने छैन ।’ यसअघि ट्रम्पले गाजामा अमेरिकी सैनिकको तैनाथी नहुने बताएका थिए । उनको पछिल्लो अभिव्यक्तिलाई गाजामा भइरहेको हिंसासँग जोडेर हेरिएको छ ।
हमासले आफ्ना विरोधीहरूलाई निसाना बनाएका कारण यस प्रकारको हिंसा भएको बताइन्छ । हमास र इजरायलका बिच युद्धविरामपछि गाजावासीहरू आ–आफ्नो घर फर्कन थालेका छन् । उनीहरू आफ्नालागि अत्यावश्यक सामानको जोहोमा जुटेका छन् ।


































