सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुत्केरीको निधनपछि किष्ट अस्पतालमा तनाव

689
shares

काठमाडौं । सुत्केरीको निधन पछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तनावग्रस्त बनेको छ ।

चिकित्सकको लापरबाहीले सुत्केरीको निधन भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ ।प्रदर्शनका क्रममा आक्रोशित भिडले अस्पतालमा ढुंगामुढा समेत गरेको छ । प्रदर्शनमा उत्रिएका मृतकका आफन्तले किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।प्रदर्शन उग्र बनेपछि प्रहरीले भिडलाई तितरवितर बनाउन केही राउन्ड आश्रुग्यास प्रहार र लाठीचार्ज गरेको हो ।सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति निधन भएको थियो ।चिकित्सकले दिएको समयमै सुत्केरी गराउन मिनाश्री शुक्रबार बिहान ९ बजे किष्ट अस्पताल पुगेकी थिइन्।

तर, साँझ साढे ५ बजेसम्म पनि मिनाश्रीलाई सुत्केरी बेथा नलागेको उनका दाजु देवेन्द्र राई बताउँछन् । तर राति साढे ९ बजेतिर एक्कासि इन्टर्नसिप गरिरहेका चिकित्सकले जबरजस्ती नर्मल डेलिभरी गराउँदा ब्लिडिङ नरोकिएर बहिनीको । भएको देवेन्द्र बताउँछन् ।आफूहरूसँग सल्लाह नै नलिई आफू खुसी इन्टर्नसिप गरिरहेका डाक्टरले सिकाइका लागि आफ्नो बहिनीलाई नर्मल डेलिभरी गराउँदा मिनाश्रीले ज्यान गुमाउनु परेको उनले दुखेसो पोखे ।देवेन्द्रले भने, ‘मिनाश्रीले गर्भवती अवस्थामा नियमित किष्ट अस्पतालमै चेकअप गराएकी हुन् । उनी नियमित हेर्ने चिकित्सकको सल्लाह बमोजिम नै ९ कात्तिकमा डेलिभरी गराउन अस्पताल भर्ना भएकी हुन् । बहिनी र बच्चाको स्वास्थ्य अवस्था राम्रै थियो ।

ओभर ब्लिडिङकै कारण बहिनीको निधन भएको भन्दै देवेन्द्र भने, ‘हामीलाई झुक्याउन राति दुई पटकसम्म अस्पतालले अपरेसनको नाटक समेत गर्‍यो । यो त चरम लापरबाही होइन र ?’बहिनीको अपरेसनमा पनि सिनियर चिकित्सकहरू सहभागी नभएको उनको आरोप छ । उनले भने, ‘ओभर ब्लिडिङ भइरहेको छ । पहिलो अपरेसनमा पनि ब्लिडिङ रोकिएन । फेरि अर्को अपरेसन गर्नुपर्छ भने । बहिनीको ज्यान बच्छ भने गर्नुस् भन्यौं । अनेकौं प्रयास गरेर रातरात नै फ्रेस ब्लडको व्यवस्था पनि गर्‍यौं । तर बहिनीलाई बचाउन सकेनौं ।’बहिनीको निधनका कारण थाहा पाउन आफूहरूले अस्पताल प्रशासनसँग माग गर्दा त्यसको बदलामा प्रहरी प्रशासन लगाएर उल्टै दुःख दिएको उनले बताए ।

उनले भने, ‘अस्पतालको तल्लो तहका कर्मचारीसँग वार्ताबाट केही निष्कर्ष निस्किएन । माथिल्लो तहसँग वार्ता गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो । तर अस्पताल प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाएर हामीमाथि नै दमन गरिरहेको छ ।’अस्पतालका निर्देशक र सुत्केरीलाई नियमित चेकअप गर्ने चिकित्सकले घटनाबारे यथार्थ जानकारी गराउनुपर्ने माग आफूहरूको रहेको देवेन्द्रले बताए ।अस्पताल प्रशासनले भने मृतकका आफन्तसँग यस विषयमा वार्ता भइरहेको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports