२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लिग-२ को अन्तिम खेल खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

143
shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भएको आफ्नो अन्तिम शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली टोली मंगलबार बेलुकी काठमाडौं आइपुगेको हो । टोलीलाई क्यानका तर्फबाट राजेश महर्जन, खेमराज अवस्थीलगायतले स्वागत गरे ।नेपालले ओमान र क्यानडासँग भएको उक्त शृङ्खलाका ४ मध्ये ३ खेल जितेको थियो । ओमानलाई दुवै खेलमा हराउँदा क्यानडासँग एक जित र एक हारको नतिजा नेपालले निकाल्यो ।

यस शृङ्खलापछि नेपाल लिग २ मा सबै ३६ खेल खेलेर ३० अंकका साथ छैटौं स्थानमा रह्‍यो । छैटौं स्थानसम्म रहनु ओडीआई मान्यता जोगाउनुसरह भएकाले अर्थपूर्ण थियो ।नेपाली खेलाडीहरू अब दसैंको टिकापछि एनपीएलको तयारीमा जुट्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports