यस्तो छ आज बुधबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८३ कात्तिक ४ बुधवार ११:४१
shares

नेपाल राष्ट्र बैंकले आज कात्तिक ४ गते (अक्टोबर २१) का लागि विदेशी मुद्राहरूको विनिमयदर तोकेको छ।
आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बसेको छ भने युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलरको भाउ बढेको छ।राष्ट्र बैंकले आजका लागि पनि अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५९ पैसा कायम गरेको छ भने बिक्रीदर १५२ रुपैयाँ १९ पैसा तोकेको छ। हिजो मंगलबार पनि यसको रेट यति नै थियो।
यस्तै आज साउदी अरेबियन रियालको मूल्य पनि मंगलबारजस्तै १ को खरिददर ४० रुपैयाँ ४१ पैसा र खरिददर ४० रुपैयाँ ५७ पैसा कायम गरिएको छ।चिनियाँ युआनको मूल्य पनि मंगलाबरकै यथावत् छ अर्थात् १ को खरिददर २२ रुपैयाँ ७० पैसा, बिक्रीदर २२ रुपैयाँ ७९ पैसा छ।आज युरोपियन युरोको भाउ भने बढाइएको छ। आज युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ २ पैसा र बिक्रीदर १७० रुपैयाँ ६९ पैसा छ। मंगलबार युरोपियन युरो १ को खरिददर १६९ रुपैयाँ ९० पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ५७ पैसा थियो।
यसैगरी आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०३ रुपैयाँ १८ पैसा तोकिएको छ। मंगलबार खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा थियो।अस्ट्रेलियन डलरको भाउ पनि केही बढेको छ। जसअनुसार आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। मंगलबार यसको खरिददर १०५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०६ रुपैयाँ २४ पैसा थियो।
लगातार २ दिन बढेको क्यानेडियन डलरको भाउ भने केही घटेको छ। आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०८ रुपैयाँ २७ पैसा छ।सिंगारपुर डलर र जापानी येनको विनिमय दर भने मंगलबारको तुलनामा आज केही बढेको छ।आज सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा छ। मंगलबार सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ४६ पैसा र खरिददर ११८ रुपैयाँ ९३ पैसा थियो।
यस्तै आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। मंगलबार खरिददर ९ रुपैयाँ ५८ पैसा र खरिददर ९ रुपैयाँ ६२ पैसा थियो।



































