सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैकको ४ लाख भन्दा बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला

962
shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुला गरेको हो । यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गरी शेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर त्यस अवधिभित्र कुनै पनि आवेदन नआएपछि अब यी शेयरहरू आम सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड टेष्ट मापदण्ड पूरा हुने आवश्यक कागजातहरूसहित सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ । आवेदन बबरमहल स्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports