नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी र माधव नेपालको एकीकृत समाजवादी सहितका ९ दलको आज एकता घोषणासभा

1.05K
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबिच आज एकता घोषणा हुने भएको छ ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसाे १ बजे एकता घोषणा हुने बताए ।एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ । यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

यद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसकेका छन् । उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एमालेका पूर्वउपाध्यक्ष डा भीम रावल सहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेतालाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको दाबी गर्दै आएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports