विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको विहार राज्यमा आज विधानसभाको दोस्रो चरणको निर्वाचन हुँदै

1.47K
shares

काठमाडौँ । भारतको बिहारमा आज मंगलबार दोस्रो र अन्तिम चरणको विधानसभा निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान तालिका भएकाले मतदाता मतदानमा सहभागी हुँदैछन् । १२२ सिटका लागि १ हजार ३ सय २ उम्मेदवार चुनावी मैदानमा छन् ।

३ करोड ७० लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ। तीमध्ये १ करोड ७५ लाख महिला छन् । ४५ हजार ३ सय ९९ मतदान केन्द्रमा मतदान व्यवस्था मिलाइएको छ । ४० हजार ७३ मतदान केन्द्र ग्रामीण क्षेत्रमा छन् । नवादा जिल्लाको हिसुआ क्षेत्र सबैभन्दा बढी मतदाता भएको भूगोल हो । यहाँ मात्रै ३.६७ लाख मतदाता छन् । त्यस्तै लौरिया, चनपटिया, रक्सौल, त्रिवेणीगंज, सुगौली र बनमखी निर्वाचन क्षेत्रहरूमा प्रत्याशीको संख्या सबैभन्दा बढी अर्थात् २२–२२ जना छन् ।

बिहारमा मतदानका कारण नेपालमा सीमा जोडिएका मधेशका थुप्रै जिल्लामा नेपाल भारत आउजाउ पनि निषेध गरिएको छ ।नेपाल सीमासँग जोडिएका पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज लगायतका जिल्लामा मतदान हुन लागेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports