सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदबाट अमेरिकी शटडाउन अन्त्य गर्ने विधेयक पास

1.37K
shares

काठमाडौं । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी कामकाज बन्द (शटडाउन) अन्त्यको बाटो खुलेको छ । प्रतिनिधि सभाले त्यससम्बन्धी सहमतिको विधेयक बहुमतले पारित गरेपछि शटडाउन अन्त्यको बाटो खुलेको हो ।

प्रतिनिधि सभामा भएको भोटिङमा शटडाउन अन्त्य गर्ने पक्षमा २२२ र विपक्षमा २०९ मत परेको रोयटर्सले जनाएको छ । दुई सांसद अनुपस्थित रहेका थिए । ह्वाइट हाउसका अनुसार अब राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा हस्ताक्षर गरेपछि औपचारिक कार्यान्वयनमा जाने छ ।लामो समयसम्म भएको शटडाउन पछिको अस्तव्यस्तता सामान्य अवस्थामा फर्किन भने अझै केही दिन लाग्नसक्ने अनुमान गरिएको छ ।

किनभने करिब १२.५ लाख संघीय कर्मचारीले अक्टोबर १ देखि तलब पाएका छैनन् । हजारौं उडानहरू रद्द गरिएका छन् र यो क्रम यस हप्तासम्म पनि जारी रहने अनुमान छ ।खाद्य सहायता पाउने कतिपय लाभग्राहीहरूको सेवा र ठेक्कापट्टाको प्रक्रिया पनि अवरुद्ध भएको छ । यसले पहिले नै कमजोर अर्थतन्त्रमा ठूलो असर पार्ने अनुमान छ ।

संसदबाट पास भएको कानुनले संघीय सरकारका कामहरू पुन: सुरु गर्ने भए पनि विपक्षी दलले माग गरेको स्वास्थ्य बीमा सम्बन्धी रकम यसमा समावेश नगरिएको द गार्जिएनले जनाएको छ ।

‘यो सम्झौताले सरकारका नियमित कामहरू जनवरीसम्मका लागि सामान्य बनाउने बाटो खोलेको छ, तर अफोर्डेबल केयर एक्ट (ओबामाकेयर) अन्तर्गतका स्वास्थ्य बीमा योजनाका कर छुट विस्तार गर्ने विषय भने अझै समाधान भएको छैन । अधिकांश डेमोक्र्याट सांसदहरूले सरकार पुन: खोल्ने कुनै पनि सम्झौतामा ती छुटहरू निरन्तर गर्न माग गरेका थिए,’ द गार्जिएनले लेखेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports