सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने

1.55K
shares

ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको हिजो सम्पन्न १९ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१–०८२ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश (करसहित) शेयरधनीलाई दिने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।

साधारण सभाले बैंकको वार्षिक प्रतिशत र एकीकृत वित्तिय विवरण अनुमोदन पनि गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र राष्ट्र बैंकको नीति, नियम पूर्ण परिपालना गर्दै शेयरधनीलाई उचित लाभांश दिन प्रतिबद्ध रहेको बताए ।

बैंकले आफ्नो व्यवसायिक रणनीतिअन्तर्गत नयाँ व्यवसायिक क्षेत्रको सन्तुलित विस्तार गर्दै लैजाने योजना रहेको पनि उनले सुनाए । साधारण सभामा राष्ट्र बैंक, धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधि, शेयरधनी, संस्थागत शेयरधनीका प्रतिनिधि, नियामक निकायका प्रतिनिधि, कर्मचारीहरु सहभागी भएका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित ग्लोबल बैंक नेपालको ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकसमेत हो । बैंकका देशभर तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, एक सय ५० शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर, तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार बढी सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports