नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक मङ्सिर ४ गते बस्ने गरि फेरी सर्यो
वि.सं.२०८२ मंसिर १ सोमवार ०८:५३
shares

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ (आज) गते दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको अब बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको हो । यसअघि शनिबार बस्ने भनिएको बैठक मंसिर १ गतेलाई सारिएको थियो ।




































