आज पनि झर्यो काठमाडौंको न्यूनतम तापक्रम आज, कतिमा पुग्यो त न्यूनतम तापक्रम ?
वि.सं.२०८२ मंसिर १ सोमवार ०८:५७
shares

मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।
यसै क्रममा आज (सोमबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।
हिजो आइतबार यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे थप घटेर ९ डिग्री सेल्सियसमा झरेको थियो।आज पनि अहिले बिहान ८:४५ बजे न्यूनतम तापक्रम अरू घट्ने सम्भावना रहन्छ र आजको आधिकारिक न्यूनतम तापक्रम यही समयकोलाई मानिन्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।





































