सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा कानुनी उपचार खोज्ने

988
shares

काठमाडौं । एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा कानुनी उपचार खोज्ने भएको छ । विघटित प्रतिनिधि सभाको एमाले संसदीय दलको तर्फबाटै सर्वोच्चमा रिट दर्ता गर्ने निर्णय पार्टीले गरेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको उल्लेख गर्दै एमालेको मंगलबारको बैठकले रिट लिएर जाने औपचारिक निर्णय गरेको हो ।यससम्बन्धि सम्पूर्ण काम गर्नका लागि विघटित संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई जिम्मा दिएको छ ।

एमालेको मंगलबारको बैठकले संविधान, विधिको शासन, लोकतन्त्र र जनतामा नीहित सार्वभौमसत्ताको रक्षाका लागि असंवैधानीक रुपमा विघटित प्रतिनिधि सभामा कृयाशिल सम्पूर्ण संसदीय दलहरू, सबै राजनीतिक पार्टीहरू, नागरिक समाज, विभिन्न संघ संस्थाहरू तथा जुनसुकै ठाउँमा र जुनसुकै पेशा व्यवसायमा रहेका सम्पूर्ण नेपालीहरूलाई असंवैधानिक ढंगबाट गरिएको संसद विघटनको विरोध गर्दै यसको पुनर्स्थापनाको पक्षमा उभिन आग्रह पनि गरेको छ ।

संविधान विपरीत नियुक्त प्रधानमन्त्रीले सपथ लगत्तै मन्त्रिपरिषद्को गठनसम्म नगरी एकल रुपमा हठात प्रतिनिधि सभा विघटन गरिएको कार्य, नेपालको संविधानको मर्म र भावना विपरीत हुनुका साथै संविधानवाद, विधीको शासन, लोकतन्त्र र जनतामा निहित सार्वभौम सत्ताको अवधारणाको विपरीत भएको एमालेको ठहर छ । ‘प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटन गर्ने कदम संविधान र लोकतन्त्र विपरीत रहेको ठहर गर्दछ,’ बैठकको निर्णय छ ।

बैठकले हाम्रो पार्टी नेकपा एमालेले राष्ट्रियता, स्वाधिनता, सार्वभौमिकता, संविधान र लोकतन्त्रीक प्रणालीको पक्षमा आयोजना गर्ने जनप्रदर्शन लगायतका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ सहभागी हुने निर्णय पनि गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports