विराटनगर किंग्सले नेपाल प्रिमियर लिग इतिहासकै सर्वाधिक स्कोर बनायो
वि.सं.२०८२ मंसिर २ मंगलवार १८:१९
shares

काठमाडौं । लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक योगदानमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग इतिहासकै सर्वाधिक स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको हो ।एनपीएलमा २०० रन स्कोर गर्ने पहिलो टिम बनेको विराटनगरले यसअघि आफैंले बनाएको सर्वाधिक स्कोरको कीर्तिमान समेत तोडेको छ । पहिलो संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो ।
विराटनगरका लागि ओपनर लोकेश बमले ४८ बल खेल्दै १ चौका र ७ छक्का मद्दतमा ७२ रन बनाए । यस्तै न्युजिल्याण्डका मार्टिन गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्का मद्दतमा ६१ रन जोडे ।लोकेश र गप्टिलले दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए ।
यस्तै शुभम रन्जानले १६ बलमा ३ चौका र २ छक्का मदतमा ३८ रन जोडे । बसिर अहमदले २३ रन बनाए । बलिङमा पोखराका म्याट टेलरले २ तथा आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए ।
































